पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली आउँदै

 

बैशाख २, काठमाडौं । पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली नेपाल आउने भएको छ । 

दैलेखको पादुका क्षेत्रमा निरन्तर बलिरहेको प्राकृतिक ग्यासको उत्खनन तथा अन्वेषण अगाडि बढाउनका लागि चीनको चाइना जिओलोजिकल सर्भेको टोली सन् २०१९ को मे मध्यतिर नेपाल आउन लागेको हो । 

null

सो टोलीले दैलेखको पादुका क्षेत्रसँगै पाल्पा, दैलेख, सुर्खेत, उदयपुर, नेपालगञ्ज लगायतका क्षेत्रमा पेट्रोलियम खानीको विस्तृत अन्वेषण, अध्ययन तथा ड्रिलिङ गर्नेछ। 

अध्ययनपछि मात्रै नेपालको भूभागभित्र रहेको इन्धनको भण्डार र क्षमता, खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भव छ वा छैन भन्ने तथ्यसमेत पत्ता लाग्ने पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधीर रजौरेले बताए ।  

भारतले नाकाबन्दी लगाएको समयमा विसं २०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषणसम्बन्धी द्विपक्षीय सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा उक्त समझदारी भएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *