प्रहरीले खुलायो वीर अस्पतालको टिकट काउन्टर: धर्ना जारी, अस्पताल बाहिरै उपचार

 

चैत २७, काठमाडौं । धर्नामा बसेका सरकारी चिकित्सकहरुलाई प्रहरीले धरपक्कड गरी बिरामी जाँच्न लगाएको छ । 

शुक्रबारदेखि आकस्मिक बाहेक ओपिडी बन्द गरेर धर्नामा बसेका सरकारी चिकित्सकलाई बुधबार बल प्रयोग गरी प्रहरीले बिरामी जाँच्न लगाएको हो । प्रहरीले भीड नियन्त्रण गर्न लाठीचार्ज समेत गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

null

चिकित्सकको आन्दोलनले गर्दा बिरामी मारमा परेका थिए । आज प्रहरीले बन्द रहेको वीर अस्पतालको टिकट काउन्टर पनि खुलाएको छ । 

प्रहरीको धरपकड र लाठीचार्जपछि चिकित्सकहरुले अस्पताल बाहिरै रोग अनुसार बेन्च राखेर बिरामीहरुको उपचार थालेका छन् । 

करिब ८ बजेतिर वीर अस्पतालमा धर्ना बसिरहेका डेढ सय जना चिकित्सकहरुमाथि प्रहरीले धरपकड गर्दा एक जना चिकित्सक घाइते भएका छन्। घाइते डा. सन्तोष राई ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार गरेर फर्किएका छन्। 

कर्मचारी समायोजन ऐनको विरोधमा सरकारी चिकित्सकहरुले आकस्मिकबाहेक अन्य सेवा ठप्प पारी आन्दोलन गर्दै आएका थिए । चिकित्सकहरुले समायोजन अध्यादेश, गैरकानुनी स्वास्थ्य सचिव नियुक्ति, चिकित्सकका सेवा सुविधाबारे माग पूरा गर्न दबाब दिँदै आएका छन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *