यो तस्विरको सत्यता के हो ? उर्वशीले खोलिन् राज

 

चैत २१, काठमाडौं । पछिल्लो समय बलिउड निर्माता बोनी कपूर र नायिका उर्वशी रौटेलाको एक तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । भाइरल मात्रै होइन ट्रोल नै बनेको छ । 

भाइरल भएको उक्त तस्विर एक पार्टी जमघटको हो । तस्विरमा बोनी कपूरले उर्वशीको नितम्बमा हात लगेको प्रष्टै देखिन्छ । यस विषयमा अधिकांशले बोनी कपूरको नियतलाई लिएर नकारात्मक प्रतिक्रिया दिएका छन् । 

null

तर उर्वशीले भने यसलाई नकारेकी छिन् । बोनी कपूरले गलत तरिकाले नछोएको, कुनै गलत कार्य नभएको उर्वशीको भनाइ छ । त्यो आँखाको भ्रममात्र भएको उनको दाबी छ । 

आफ्नो र बोनीको ट्रोल बढेपछि उर्वशीले ट्वीटरमा स्पष्टिकरण दिँदै लेखेकी छिन्, ‘मलाई सामाजिक सञ्जालमा बोनी कपूरसँग जोडेर आएका ट्रोलहरु देख्दा दिक्क लागेको छ । मलाई बोनी कपूरलाई लिएर नराम्रो लागिरहेको छ कि, मानिसहरु कुनै कुरा लेख्नु अगाडि त्यो मानिसको उचाइको कत्ति पनि ख्याल गर्दैनन् । म सबैसँग आग्रह गर्न चाहन्छु कि, यो काम बन्द गर्नुहोस् ।’ 

बोनी कपूर चर्चित नायिका श्रीदेवीका पति हुन् । उर्वशीले आफ्नो बलिउडमा चलचित्र जीवनको आरम्भ अनिल शर्माको एक्सन –रोमान्स चलचित्रसिंह ‘साब द ग्रेट’ बाट गरेकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *