यी कुकुरले समुन्द्रमा लगातार २ सय २० किलोमिटर पौडी खेल्दा सबै चकित

 

बैशाख ६ ।  – थाइल्यान्डको एक कुकुरले समुन्द्रमा लगातार २ सय २० किलोमिटर पौडी खेलेको छ । गल्फ अफ थाइल्यान्डमा रहेको तेल खानीमा काम गर्ने कामदारले उक्त कुकरलाई भेटेका हुन् । 

तेल खानीमा कार्यरत भिटिसक पायालका अनुुसार अप्रिल १२ मा कुकर मानव वस्ती देखि निकै टाढाको तेल खानीमा आइपुगेको थियो । 

null

कुकुर त्यहाँ सम्म बगेर आइपुगेको हुन सक्ने आशंका गरिएको छ । आफूहरु सुरुवातमा त्यस टाढाको क्षेत्रमा कुकुर देख्दा अचम्ममा परेको पायालले बताए । ‘कुकुर निकै कमजोर र जाडोले ग्रस्त थियो’ उनले भने । 

पानीमै रहेको कुकुरलाई आफुहरुले बचाएको पायालको भनाइ छ । यतिबेला कुकुरलाई पशु अधिकारकर्मीको जिम्मा लगाइएको छ । एजेन्सी  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *