‘मलाई लाग्छ, यो आत्महत्याको लागि राम्रो विकल्प हो’

 

चैत २५, नयाँ दिल्ली । प्रसिद्धि, सफलता धेरै मानिसलाई मिल्छ तर नाम, दाम मिलेपछि के सबै सही हुन्छ त ? या फेरि जसले चाहना अनुसार सफलता प्राप्त गर्दैन्, उसले कस्तो पीडा भोग्नु पर्छ ? 

एक पटक फेरि पनि डिप्रेशनमाथि बहस सुरु भएको छ, बलिउड अभिनेता उदय चोपडाको एक स्टाटसले । अभिनेता चोपडाले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् कि, सबैको ध्यान धेरै समयदेखि उनैतिर खिचिएको छ । मानिसहरुलाई लाग्न थालेको छ, उनी आत्महत्याबारे कुरा गर्दैछन् । 

null

उदय चोपडाको भाई आदित्य चोपडा एक निर्माता, निर्देशक हुन् । उदय चोपडा धेरै वर्ष पहिले चलचित्र ‘धूम ३’ मा देखिएका थिए । 

उदय चोपडाले सामाजिक सञ्जालमा लेखेका थिए, ‘मैंले केही घण्टाको लागि ट्वीटर अकाउन्ट डियाक्टिभ गरिदिएको थिएँ । मैंले आफूलाई मृत्युको नजिक रहेको महशुष गरेको छु । यो निकै अभूतपूर्व थियो । मलाई लाग्छ कि सुसाइड गर्नु यसको उत्तम विकल्प हो । म छिट्टै स्थायी रुपमा चाँडै नै गर्न सक्छु ।’ 

उनले अघि भने, ‘म ठिक छैन । म कोशिस गरिरहेको छु तर विफल भइरहेको छु ।’ 

यति लेखेपछि उनले फेरि पोष्ट डिलिट गरे । यसपछि उनले भनेका छन्, त्यो उनको डार्क ह्यूमर हो, र अहिले ठिक छ । 

उदय चोपडाले यस्ता खाले पोष्ट किन गरे ? यसको कारण त उनी नै जान्न सक्छन् । तर उनको यो पोष्टको कारणले सेलिब्रेटी र उनीहरुलाई हुने डिप्रेशनका बारेमा बहस सुरु भएको हो । 

के मात्र काम नमिल्नुको कारण हो डिप्रेशन ? उदय चोपडाले २००० सालमा चलचित्र ‘मोहब्बते’ बाट बलिउडमा डेब्यु गरेका थिए । त्यसपछि उनी निकै कम चलचित्रमा देखिएका छन् । 

यसअघि दीपिका पादुकोण, आलिया भट्टलाई पनि डिप्रेशन भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *