सरकारले जग्गा दिन्छ, उद्योग खोल्नुस्ः उद्योगमन्त्री नेपाल

 

बैशाख ९, चितवन । प्रदेश ३ सरकारका उद्योग ,पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले उद्योग निर्माण गर्न चाहनेका लागि सरकारी जग्गा लिजमा दिइने बताएका छन् । 

चितवनको रत्ननगर उद्योग वाणिज्य संघको २० औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री नेपालले प्रदेश ३ लाई औद्योगिक हबको रुपमा विकास गर्न सरकारले उद्योग खोल्न जग्गा दिन लागेको बताए । 

null

‘तपाईंहरु (उद्योगी व्यवसायी) उद्योग खोल्न तयार हुनुस् सरकार जग्गा दिन तयार छ’, मन्त्री नेपालले भने, ‘जग्गा मात्र होइन, खानेपानी, विजुली, बाटो, सुरक्षाको समेत व्यवस्था गर्छ ।’ 

प्रदेश सांसद कृष्ण प्रसाद खनालले राजनीतिक लडाईं समाप्त भइसकेको उल्लेख गर्दै अब समृद्ध नेपाल निर्माणमा हातेमालो गर्नुपर्ने बताए । 

यस्तै प्रदेश सांसद रिना गुरुङले उद्योग दर्ताका लागि महिनौँ धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले निति अवलम्बन गर्नुपर्ने बताइन् । 

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले सरकार दुई तिहाईको भएपनि उद्योग, व्यवसाय गर्ने वातावरण सिर्जना गर्न नसकेको आरोप लगाए । 

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले कृषि र पर्यटनलाई नगरपालिकाले प्राथमिकता दिएको उल्लेख गर्दै नमुना नगरको रुपमा विकास गरिने प्रतिबद्धता जनाए । 

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु कञ्चन खनाल, मिलनबाबु श्रेष्ठ, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, नेपाल उद्योग वाणिज्य संघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ,महासचिव निराजन खनाल लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =