शाहरूखसँग अभिताभ बच्चन रिसाएपछी उनले यसरी फकाए

 

बैशाख १ ।  ७६ वर्षका अमिताभ बच्चन र ५३ वर्षका शाहरुख खान धेरैजसो एक–आपसमा ठट्टा गरिराख्छन् । हालै अमिताभ बच्चनले शाहरुखप्रति असन्तुष्टि व्यक्त गर्दा उनीहरुबीच पुनः तिता–मिठा विवाद सुरु भयो । वास्तवमा, अमिताभ बच्चनले शाहरुख खानको निर्माण कम्पनी रेड चिलिजको ब्यानरमा बनेको फिल्म ‘बदला’ मा काम गरे जुन बक्स अफिसमा हिट रह्यो । तर फिल्म निर्मातादेखि डिष्ट्रिब्यूटर्ससम्म कसैले पनि यसको प्रशंसा नगर्दा बिग बीले असन्तुष्टि व्यक्त गरेका छन् । 

अमिताभले एक ट्वीटलाई री–ट्वीट गर्दै लेखे, ‘निकै लामो समयपछि कसैले यो ‘साइलेन्ट सक्सेस’ बारे कुरा गर्यो । किनभने न त निर्माता, न डिष्ट्रिब्यूटर्स, न लाइन निर्माता र न नै यो क्षेत्रका कसैले पनि एक न्यानो सेकेन्डका लागि फिल्मको सफलताको प्रशंसा गर्ने समय निकाल्न सकेनन् । धन्यवाद ।’ 

null

 

वास्तवमा, एसएससी–साइन्स स्पोर्टस सिनेमा नामको ट्वीटर ह्यान्डलसँग ‘बदला’ को कलेक्सन सेयर गरेर बिग बी र उनकी नायिका तापसी पन्नुको तरिफ गर्दै लेखेको थियो, ‘फिल्कले ८५ करोडको ल्याण्डमार्क छुन्छ भनेर अनुमान गरिएको थियो । भारतमा ८५.५६ करोड, विश्वव्यापी रुपमा १३५.६५ करोड । १३७ करोडतर्फ अघि बढ्दै । घरेलू ग्रस १००.८ करोड । सर बच्चन र तापसीले पुनः ब्लकबस्टर फिल्म दिएका छन् ।’ 

शाहरुखको जवाफः बिग बीको ट्वीट देखेर शाहरुख खानले लेखे, ‘सर हामी त तपाईंले कहिले पार्टी दिनुहुन्छ भनेर प्रतिक्षा गरिरहेका थियौं । हामी हरेक रात जालसा बाहिर प्रतिक्षा गरिरहेका छौं ।’ 

 

यसका अमिताभले जवाफ फर्काए: ‘ओई, फिल्ममा काम हामीले गर्यौं, निर्माण तपाईंले गर्नुभयो, प्रोमोशनमा निःस्वार्थ योगदान हामीले दियौं, अब पार्टी पनि हामीले दिने ? जालसा बाहिर हरेक राती कोही पनि आउँदैन ।’शाहरुखले यसमा पनि जवाफ फर्काउँदै लेखे : ‘सर फिल्म तपाईंको हो, अभिनय पनि तपाईंको, हिट पनि तपाईंकै कारण भयो । तपाईं नभएको भए फिल्म हुँदैनथ्यो, त्यसकारण पार्टी पनि ???’ एजेन्सी 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *