लेखक सेढाईंको ‘अत्यन्त खुशीको खबर’ नामक पुस्तक विमोचन

 

चैत २०, काठमाडौं । लेखक तथा आविष्कारक उत्तम सेढाईं (अमर दूरदर्शी) द्वा लिखित ‘अत्यन्त खुशीको खबर’ नामक पुस्तक विमोचन गरिएको छ । 

विश्व तथा नेपालले हालसम्म भोगिरहेको अनेकौं नकरात्मकता र बढ्दो दुरावस्थाबाट प्रताडित हरेक मानिसहरुका लागि यो पुस्तक फलदायी हुने लेखक सेढाईंको विश्वास छ । 

null

बुधवार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार केसी, रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला, प्रथम साहित्यक सगरमाथा आरोहणमा निस्किन लागेका लक्ष्मण सापकोटा, राजनितिज्ञ तथा समाजसेवी सिद्धार्थ अधिकारीले उक्त पुस्तक आज संयुक्त रुपमा विमोचन गरेका हुन् । 

पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै कांग्रेस नेता केसीले समाज परिवर्तनको निमित्त लेखक सेढाईंले आम मानिसमा कसरी सकारात्मक परिर्वतन ल्याउन सकिन्छ भनेर गहिरो अनुसन्धान तथा खोज गरी आफ्नो धारणा प्रकाशित गरेको र सबैले उक्त पुस्तकले देखाएको मार्गमा हिँड्दा फलदायी हुने धारणा राखे । 

अहिले नेपाली समाजमा बैमनश्यता मौलाउँदै गएको, देशको राजनितिक, आर्थिक, समाजिक, धार्मिक, सांस्कृतिक दुरावस्थाहरु बढ्दै गएको र आफ्नो मात्र स्वार्थ केन्द्रित गतिविधिहरुमा बढोत्तरि भएको भन्दै उनले यो पुस्तकले सबैको सोचमा नयाँ तथा आमुल परिवर्तन ल्याउनेमा आफू आशावादी भएको बताए । 

नेपाल र विश्वले हालसम्म अंगालिरहेको सैद्धान्तिक दर्शन, वाद, नीति, तर्क, सिद्धान्त, व्यवस्था प्रणाली र तिनको व्यवहारिक प्रयोगका बिचमा बढ्दो दुरी न्युनीकरणका लागि नयाँ आविष्कार र नविन चमत्कारको रुपमा लेखकले पत्ता लगाएको दिर्घकालिन वैज्ञानिक समाधान ‘नमुनावाद, नमुनातन्त्र, नमुनामार्ग चित्र र नेपाली सुहाउँदो नमुना वैज्ञानिक संतीयताको खाकासम्बन्धि सबैलाई जानकारी गराउने उद्देश्यले लेखकले उक्त पुस्तक तयार पारेकोेबारे पनि उनले प्रकाश पारेका छन् । 

समाजमा व्याप्त भ्रष्टाचार, अनियमियता, विकृति र विसंगति निर्मुल पार्नका लागि यस्ता पुस्तकको अध्ययन आवश्यक रहेको उनको धारणा थियो । 

त्यस्तै कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले सार्वजनिक गरिएको पुस्तकले नेपाल र नेपालीको भावनालाई आत्मसात् गरेको भन्दै सबैलाई पुस्तक पढ्नको लागि आग्रह गरे । 

समाज परिवर्तनको प्रमुख आधार भनेको अहिले ज्ञान र लेखन भएको बताउँदै धमलाले उक्त पुस्तकको अध्ययनले नेपालीको मुहारमा खुशी ल्याउन मद्दत गर्ने अपेक्षा लिएको पनि विश्वास दिलाए । 

धमलाले भने, ‘हरेक नेपालीको हात–हातमा यो पुस्तक पुग्न आवश्यक छ, आम मानिसको दैनिकी र जिवनस्तरलाई उकास्न कसरी सुखि, सम्पन्न तथा सफलतातर्फ उन्मुख गराउन सकिन्छ भन्ने धारणा यो पुस्तकबाट सिक्न सकिन्छ ।’ 

धमलाले सगरमाथा आरोहणमा निस्किन लागेका साहित्यकार लक्ष्मण सापकोटोले चाँडै नै रिपोर्टर्स क्लबको झण्डालाई साहित्यकारको माध्ययमबाट सगरमाथाको शीरमा पुर्याउन लागेको जानकारी दिए । उनले नेपाली समाजमा साहित्य लेखनले आम नागरिकको विचार तथा जीवनशैलीलाई परिवर्तन गराउन सफल रहेकोबारे स्पष्ट पारेका थिए । 

सापकोटाले आफुले उक्त पुस्तकको पूर्ण अध्ययन गर्ने र सबैमा अध्ययनपश्चात् पुस्तकमा भएको ज्ञानलाई प्रत्यक्ष रुपमा लागु गर्नपनि अनुरोध गरेका छन् । 

त्यस्तै कार्यक्रममा बोल्दै पुस्तकका लेखक तथा आविष्कारक उत्तम सेढाईंले नेपाल र विश्वको विविध नकारात्मकताका साथै अनेकौं किसिमका दुराअवस्थाहरु न्युनिकरणका लागि आफ्नो आविष्कार मार्गदर्शक हुने आश्वस्त पारे । 

सबैको साथ, सहयोग, समर्थन र प्रोत्साहन पाएमा आफुले बौद्धिक, मौलिक, दार्शनिक, सांस्कृतिक, राजनैतिक, समाजिक, आर्थिक, दुरदर्शी, दिर्घकालिन र बैज्ञानिक समाधानमार्फत् नेपाल र विश्वलाई सकारात्मक रुपान्तरणतर्फ अग्रसर गराउन सफल हुने पनि उनले दाबी गरे । 

नयाँ आविष्कारमार्फत् विश्वभर शान्ति, मानवता र विश्व बन्धुत्वको भावनालाई सदैव प्रोत्साहन दिन आफू प्रतिबद्ध रहेको पनि उनले जनाए । 

त्यस्तै कार्यक्रममा बोल्दै प्रथम साहित्यक सगरमाथा आरोहणमा निस्किन लागेका तथा धावक लक्ष्मण सापकोटाले आज विमोचित उक्त पुस्तकमा समावेश विचारलाई सबैले अनुशरण र अनुकरण गर्न आवश्यक रहेकोे प्रष्ट पारे । 

पुस्तकले विचारहरुमा नयाँ आयाम थप्नेमा विश्वस्त रहेको बताउँदै उनले लेखकको भावनालाई सबैले आफूमा उतार्न आवश्यक भएको पनि जनाए । 

नेपाली साहित्यको क्षेत्रबाट आफूले नयाँ रेकर्ड बनाउन गइरहेको स्मरण गर्दे उनले सो पुस्तकमा भएका भावनाहरुलाई आफूसँगै सगरमाथाको शीरमा सम्झने पनि बचनबद्धता प्रकट गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *