टिकटकका कारण एक युवाकाे मृत्यु

 

बैशाख २ । भारतको राजधानी नयाँ दिल्लीमा  टिकटक बनाउने क्रममा १९ वर्षका युवकले चलाएको गोली लागेर आफ्नै साथीको मृत्यु भएको छ ।  ती युवकले साथीलाई बन्दुक देखाउँदै टिकटक बनाइरहेका बेला यस्तो घटना भएको हो । पुलिसले यसबारे आइतबार जानकारी दिएको हो । 

पुलिसका अनुसार शनिबार राती सलमान नामका एक व्यक्ति आफ्ना साथी सोहेल र आमिरसँग इन्डिया गेटको यात्रामा निस्किए । फर्कने बेला, कार चलाइरहेका सलमान नजिकै बसेका सोहेलले बन्दुक निकाले । टिकटकमा भिडियो बनाउँदै सोहेलले सलमानलाई बन्दुक ताके तर त्यसबाट निस्केको बन्दुक सलमानको बायाँ गालामा लागेको पुलिसले बताएको छ । 

null

स्रोतका अनुसार घटनाका बेला आमिर पछाडिको सिटमा बसेका थिए । घटनापछि दुई साथी आत्तिँदै सोहेलका दर्यागञ्जस्थित आफन्तकोमा गए र रगत लत्पत्तिएको लुगा फेरे । त्यसपछि उनीहरुले सलमानलाई नजिकैको एदएनजेपी अस्पताल पुर्याए । डाक्टरले त्यहाँ उनको मृत्यु भइसकेको घोषणा गरे । 

सलमानलाई अस्पताल भर्ना गरे लगत्तै उनीहरु त्यहाँबाट भागे । बेलुकी करिब सवा ११ मा अस्पताल प्रशासनले पुलिसलाई खबर गरेको बताइन्छ । आमिर, सोहेल र सरिफ नामका एक व्यक्तिलाई पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ । 

सलमानलाई गोली चलाएको आरोपमा, आमिरलाई हतियार जमिनमा गाडेको र घटनास्थलमा नभएका सरिफलाई रगताम्मे लुगा जमिनमा पुरेको आरोपमा पक्राउ गरिएको पुलिसले बताएको छ । 

सलमानको पोष्टमार्टम सोमबार गरिने जानकारी दिइएको छ । बन्दुक नियतवश वा दुर्घटनावश चलेकोबारे अनुसन्धान गरिने जानकारी पुलिसले दिएको छ । सलमानका एक आफन्तले भने, ‘उसका दुई साथी अघिल्लो राती आए र इन्डिया गेट जाऔं भने । त्यसकारण सलमानले आफ्नो कार निकालेर साथीहरुसँगै घुम्न निस्किए ।’ 

‘घटनाबारे पुलिसमार्फत् जानकारी पाएपछि हामी अस्पताल पुगेका हौं,’ उनले भने । आफन्तका अनुसार घरका कान्छा छोरा सलमानका एक दाइ र एक दिदि छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *