यी महिलाहरू गरेका थिए पत्याउन नै नसकिने अपराधहरू

 

बैशाख ५ ।  विश्वमा यस्ता महिलाहरु पनि छन् जो कुनै पनि हद पार गर्न पछि पर्दैनन् । यसमा यस्ता महिलाहरु पनि छन् जसले आफ्नो पतिको हत्या गरेका छन् । यहाँ विश्वभरका यस्ता ५ महिलाको चर्चा गरिएको छ । जसमा कसैले आफ्नो पतिको हत्या गरेर गाडिन् भने कसैले मासु समेत खाइन् । 

१. रजनी नारायण : पतिको यौनाङ्गमा पेट्रोल छर्केर आगो लगाइदिइन् 

null

सन् २००८ को डिसेम्बरमा अस्ट्रेलियामा बस्ने रजनी नारायणले सुतिरहेको बेला आफ्नो पतिको यौनाङ्गमा पेट्रोल छर्केर आगो लगाइदिएकी थिइन् । यसबाट अत्तालिएका सतीश नारायणले छेउमा रहेको स्पिरिटको बोतल आगो लागेको ठाउँमा खनाउन पुग्छन् । जसले आगो झन् सल्किएको थियो । 

घटनाको २० दिनपछि उनको निधन भएको थियो । प्रहरीसँगको बयानमा रजनीले आफ्नो उद्देश्य पतिको यौनाङ्गमा मात्र नोक्सान पुर्याउन चाहेको बताएकी थिइन् । पतिको हत्या गर्ने आफ्नो कुनै उद्देश्य नभएको उनको भनाई थियो । 

२. क्याथरिन नाइट : पतिको टाउको प्रेसरमा पकाएर, बच्चालाई खान दिए । सन् २०० मा क्याथरिनले आफ्नो पूर्व पति जोन चाल्र्स थोमस प्राइसमाथि ३७ पटक छुरी प्रहार गरेर हत्या गरिन् । त्यसपछि शरीरबाट छाला निकालेर आफ्नो कोठामा झुण्डाएर राखिन् । उनले टाउको समेत काटेर कुकरमा पकाएर बच्चाहरुलाई खान दिएकी थिइन् । 

प्रहरीले उनलाई त्यतिबेला नै पक्राउ गरेको थियो । पेरोल समेत नपाउने गरी उम्रकैदको सजाय पाउने क्याथरिन अस्ट्रेलियाकी पहिला महिला हुन् । 

३. किरणजीत अहलुवालिया : १० वर्षसम्म बलात्कार गर्ने पतिलाई जिउँदै जलाइन् सन् १९८९ मा किरणजीत अहलुवालियाले पति दीपकमाथि कस्टिक सोडा र पेट्रोल छर्केर आगो लगाइदिइन् । दीपक किरणलाई धेरै यातना दिन्थे । उनीमाथि मारपिट गर्नुका साथै प्रायः हरेक दिन जबर्जस्ती करणी समेत गर्थे । 

१० वर्षसम्म उनले यो सहेर बसिन् । तर, अति भएपछि उनले दीपकलाई जिउँदै जलाउने निधो गरिन् । घटनामा दीपकको मृत्यु भएको थियो । लन्डनमा बस्ने भारतीय मूलकी किरणलाई उम्रकैदको सजाय सुनाइएको थियो । तर, उनको स्थितिलाई ध्यानमा राख्दै उनलाई चाँडै रिहा गरिएको थियो । 

४. मार्गरेट रुडिन : सम्पत्तिका लागि पतिको हत्या द ब्ल्याक विडो किलर नामबाट चिनिने मार्गरेट रुडिन सन् १९९७ मा आफ्नो अरबपति पति रनको हत्याको आरोपमा पक्राउ परिन् । रन सन् १९९४ देखि गायब थिए । त्यति बेला सम्म उनको पूरा सम्पत्तिको मालिक मार्गरेट थिइन् । लामो अनुसन्धान पछि पनि रनको पत्ता लाग्न सकेनन् । 

सन् १९९६ मा ड्राइभरले रनको शव देखेर प्रहरीलाई खबर गरेका थिए । त्यसको लामो समयपछि फरार मार्गरेटलाई प्रहरीले पक्राउ गरेको थियो । सोधपुछ पछि उनले नै सम्पत्तिका लागि पतिको हत्या गरेको खुल्यो । उनी हाल सजाय काटिरहेकी छिन् । 

५. वेलेरिया मेसेलिना : प्रेमीसँग मिलेर पतिलाई मार्ने योजना रोममा ३८ इशापूर्व राजा क्लडियसको राज थियो । उनको तेस्रो पत्नी थिइन् वेलेरिया । उनी आफ्नो कामवासनाका लागि कुख्यात थिइन् । दरबारका कर्मचारीहरुसँग उनको सम्बन्धको चर्चा थियो । 

वेलेरियाको दुई सन्तान पनि थिए । जसको पालन पोषण क्लडियसको पहिलो पत्नी केलिगुलाले गर्थिन् । केलिगुलाको निधनपछि वेलेरिया रानी बनिन् । उनले आफ्नो पूर्व प्रेमीसँग मिलेर राजा क्लडियसको हत्याको योजना बनाइन् । तर, यसको खुलासा हुनपुग्यो । त्यसपछि उनलाई आत्महत्या गर्न आदेश दिइएको थियो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *