जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमई अन्तर्गतको जीवनवीमा योजना सुरु

 

फागुन २६, काठमाडौं । रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै’ भन्ने प्रतिबद्धताका साथ दुर्घटना जीवनबीमा योजना ल्याएको छ । 

योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य व्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउने व्यक्तिले भुक्तानी पाएको दिन देखी रु पाँच लाखको १ बर्षे दुर्घटना जीवनबीमा हुनेछ । क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ । यो दुर्घटना जीवनबीमा योजना ४० वा सोभन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागु हुनेछ । 

null

सोही आधार बमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिनुहुनेहरु मध्यबाट २,१३७ जनाको प्रति व्यक्ति रु. पाँच लाखको १ बर्षे दुर्घटना जीवनबीमा गरिएको जनाइएको छ । सम्पूर्ण बिमितहरुको नामावली कम्पनीको अधिकारिक फेसबूक पेजमा प्रकाशित गरीएको छ । थप जानकारीका लागि कृपया क्लिक गर्नुहोस् 

http://www.imeremit.com.np/kyodia-bonus-campaign-with-free-accidental-insurance/ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *