ह्वेलको मुखभित्र पसेर कसरी जीवितै बाहिर निस्किए यी व्यक्ति ? क्यामेरामा कैद भयाे यस्ताे दृश्य

 

फागुन २८, पोर्ट एलिजाबेथ । साहसिक काम गर्नेहरुले बेलाबेलामा निकै खतरनाक अवस्थाको सामना गर्नुपर्छ । हालै दक्षिण अफ्रिकाको पोर्ट एलिजाबेथको समुद्रमा ५१ वर्षका एक डाइभर रेनर शिम्फ ह्वेलको मुखभित्र पुगे । 

ह्वेलले उनलाई चपाउनु भन्दा पहिल्यै उनी मुखबाट बाहिर निस्किए । ह्वेल स्तनधारी प्राणी हो र ऊ सास फेर्नको लागि पटक पटक पानबिाट माथि आउँछ । यही क्रममा शिम्फले ह्वेलको मुखबाट बाहिर निस्कने मौका पाए । 

null

 

रेनर शिम्फ १५ वर्षदेखि डाइभ टुर अपरेट गरिरहेका छन् । उनका अनुसार जब उनी ह्वेलको मुखभित्र पुगे उनलाई सबैतिर अम्ध्यारो अनुभव भयो । उले केही गडबडी भएको चाल पाए । उनले भे ‘मैले सोचें यो डराउने समय होइन यद्यपि मलाई ह्वेलले चपाउने डर भने थियो ।’ शिम्फ जुन ह्वेलको मुखभित्र फसेका थिए त्यो ब्राइट्स प्रजातिको थियो । यसको तौल ३० टन र लम्बाइ ५५ फिटसम्म हुन्छ । 

रेनरका अनुसार उनी र उनको टिमले समुद्रमा एउटा नेचुरल इभेन्ट गर्दै थए । रेनर पौडिँदै थिए । उनको वरपर पेन्गुइन, डल्फिन, सील, साना साना माछाको झुण्डका अलावा ह्वेल र शार्क पनि थिए । रेनरको टिम २ भागमा बाँडिएको थियो । उनहिरु किनाराबाट करिब ४५ किलोमिटर टाढा थिए । यही क्रममा उको टिमलाई केही गडबडी भएको आशंका भयो । 

रेनरले भने ‘म ब्याट बल (साना माछाहरुको झुण्ड) को बीचबाट गइरहेको शार्कको फोटो खिच्ने प्रयास गर्दै थिएँ । एक पलमै अँध्यारो भयो र मलाई केही दबाबको महसुस भयो । मैले पत्तै पाइसकेको थिएँ कि म एक ह्वेलको मुखभित्र पुगिसकेको थिएँ ।’ 

रेनरका साथी फोटोग्राफर हेन्ज टजरजेरका अनुसार ‘जब रेनर ब्याटबलतिर बढे अचानक त्यहाँ ठूलो मात्रामा पानी आयो । मलाई विश्वास भयो कि केही न केही हुनेवाला छ । त्यसैले मैले मेरो क्यामेरा त्यो ठाउँमा केन्द्रित गरें । अचानक केही डल्फिनहरु बाहिर आए र पानीको फोहरा निस्कियो । त्यसपछि मैले देखें ह्वेलको मुखमा रेनर थिए । यो अद्भुत घटना मेरो क्यामेरामा कैद भयो ।’ 

रेनरका अनुसार ‘कुनै पनि व्यक्ति यस्तो किसिमको घटनाको लागि तयार हुँदेन । म ह्वेलको मुखभित्रबाट बाहिर निस्किन सकें यसको कारण यही थियो कि मैले आफू माथी नियन्त्रण गुमाइन र दिमागले सोच्न जारी राखें । मैले सास रोकेको थियो । सोचेको थिएँ कि ह्वेलले मलाई गहिराइमा लगेर छाड्नेछ ।’ रेनरका अनुसार उनलाई त्यतिबेला दुई मात्र सम्भावना देखिएका थिए । या त ह्वेलले मलाई चपाउनेछ या मुखमा लिएर पौडिइरहनेछ । यद्यपि ह्वेलले मानिसलाई खाँदैन । यो केवल एक दुर्घटना थियो । एजेन्सी 

हेर्नुहोस् भिडियो ः 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *