आज देशभर मौसममा बदली भइ पानी पर्ने सम्भावना उच्च

काठमाडौं । आज आइतबार देशभर मौसममा बदली भएर केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद शुवास रिमालले देशभर मौसम बदली भएर केही स्थानहरूमा मेघगर्जनसहितको वर्षा हुने सम्भावना देखिएको जानकारी दिए । 

उनले देशभर मौसममा बदली भएकाले प्राय सबै क्षेत्रमा पानी पर्न सक्ने बताए । उच्च पहाडी भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको उनले बताए । 

 

null

सोमबारदेखि सामान्य रुपमा मौसममा सुधार आउने मौसमविद रिमालको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 19 =