माटोको ढिस्को खस्दा पुरिएर एक कामदारको मृत्यु

उदयपुर, १७ चैत्र । उदयपुरको कटारी नगरपालिका–११ मा माटोको ढिस्को खस्दा पुरिएर एक कामदारको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोलु करिडोरको ३२ केभीए प्रसारण लाइनको पोल गाड्न खाल्डो खन्ने क्रममा ढिस्को खसेको हो । 

 

ढिस्को खसेर पुर्दा स्थानीय २८ वर्षीय लीलाबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कटारीका अनुसार, घटनामा स्थानीय ३० वर्षीय तेजबहादुर विक र सूर्यप्रसाद खनाल घाइते भएका छन् । घाइतेमध्ये विकको अवस्था चिन्ताजनक छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *