मृत घाेषित भएकी महिलाकाे पोष्टमार्टम गर्न लाग्दा घट्याे अनाैठाे घटना (भिडियाे सहित)

 

चैत ४ । कोलम्बीयाको केली शहरमा एक महिलालाई दिनदहडै गोली हानिएको थियो । दिनदहडै सडकमा महिलामाथि गोली प्रहार भएपछि स्थानीयले घटनाको बारेमा प्रहरीलाई खबर गरे । 

जब प्रहरी घटना स्थल आइपुग्यो त्यसपछि प्रहरीले घटनाको बारेमा केही प्रमाणहरु जुटाउने प्रयासमा लागे । सबै प्रमाण जुटाउने काम भइसकेपछि प्रहरीले शवलाई लिएर पोस्टमार्टमको लागि अस्पताल लैजाने तयारी भइरहेको थियो । यहि क्रममामा महिलाको एउटा हात चल्यो । ३३ वर्षिय केरमन एन्ड्रा केंडेज नाम गरेकी युवती पुन अर्को हात पनि हल्लाइन । त्यसपछि थाहा भयो की उनी जिवितै छिन् । घटनालाई लिएर कयौँ मानिसहरु चासोको साथ क्यामेरामा रेकर्ड गरिरहेका थिए । 

null

गोली लागि अचेत अवस्थामा रहेकी महिलालाई अस्पतालमा लगेर उपचार गराउँदा डाक्टरले उनको अवस्था स्थिर रहेको बताए । मृत्यु भयो भनेर पोस्टमार्टम गर्न तयार भएकी महिला अहिले खतरामुक्त भएकी छन् । घटनाको बारेमा पिडित महिलासँग सोधपुछसँगै अनुसनधान भइरहेको छ । एजेन्सी 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *