दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस वैशाख २ बाट

 

चैत्र ५, काठमाडौं । आइएमई फाउन्डेसनद्वारा आयोजित ‘दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट’ बैशाख २ गतेदेखि ७ गते सम्म हुने भएको छ । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँनेछ । एकल प्रतियोगितामा देशभरबाट ८ वर्षदेखि १४ वर्षसम्मका १ सय ५० प्रतिष्पर्धीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । उक्त प्रतियोगितामा कूल ३,२६,०००/– पुरस्कार राशि रहेको आइएमइ ग्रुपले जनाएको छ । 

प्रतियोगिताको आवेदन फारम चैत्र २५ गतेसम्म दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो ललितपुर, मण्डीखाटार टेनिस कोर्ट मण्डीखाटार, नाउलिङ्ग स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आइएमई कम्प्लेक्स पानीपोखरीमा रितपूर्वक बुझाउनुपर्ने छ । 

null

आवेदन फारम आइएमई फाउन्डेसनको आधिकारिक वेभ पेज www.imefoundation.org मा उपलब्ध हुने छ । 

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै जुनियर टेनिस एसोसिएसनका कृष्णराज घलेले आइएमई जस्तो सफल व्यवासायिक घरानाले खेलकुद क्षेत्र त्यसैमा पनि टेनिसको विकासमा देखाएको चासोप्रति प्रशन्नता व्यक्त गरे । फाउन्डेसनका सदस्य राजु पौडेलले खेल क्षेत्रको विकासमा सहयोग पुर्याउने एवम् बालबालिकाहरूमा खेलकुदप्रतिको सीप विकास गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्दै आइरहेको जिकिर गरे । 

पत्रकार सम्मेलनमा आइएमई फाउन्डेसनका सदस्य सचिव अन्जली अर्याल (ढकाल)को पनि उपस्थिति रहेको थियो । आइएमई फाउन्डेसन आइएमई ग्रुपद्वारा संचालित एक मुनाफा रहित परोपकारी संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यहरू यहि फाउन्डेसन मार्फत गर्दै आइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *