निर्माणाधीन घर भत्किँदा श्रीमान्को मृत्यु, श्रीमती घाइते

 

चैत्र १४, खलङ्गा ।  जुम्ला गुठीचौर गाउँपालिका–५ मा घर भत्किँदा घाइते भएका रत्नराज गिरीको मृत्यु भएको छ । 

गुठीचौर–५ धिता बाख्रेचौर स्थित स्याउको बगैँचामा निर्माणाधीन अवस्थामा रहेको दुईतले घर बुधबार बेलुकी भत्किएको थियो । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

null

घर भत्किँदा गम्भीर घाईते भएकी श्रीमतीको अवस्था भने चिन्ताजनक रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत डाक्टर पुजन रोकायाले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *