प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको सुनुवाइ प्रक्रिया सुरु
२०७५ चैत १७ गते

चैत १७, काठमाडौँ । निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियाको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदैछ । सुनुवाइका लागि आइतबार संघीय संसदीय सुनुवाइ समितिले बैठक डाकेको छ ।
आजको बैठकले थपलियाविरुद्ध उजुरी आह्वान गर्न सक्ने समितिले जनाएको छ ।
null
संवैधानिक परिषदले चैत ११ गते थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्तमा नियुक्तिको लागि सिफारिस गरेको थियो ।
प्रमुख निर्वाचन आयुक्त रहेका अयोधिप्रसाद यादवले उमेर हदका कारण अवकास पाएपछि सरकारले थपलियालाई निर्वाचन आयोगको जिम्मा दिने तयारी थालेको हो ।
२०७५ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित








