मलंगवामा एकजनाको गोली हानी हत्या

सर्लाही । सर्लाहीको मलंगवामा शनिबार राति गोली हानेर एकजनाको हत्या भएको छ । गोली प्रहारबाट मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षका मनोज कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ । 

घरमै भएका यादवलाई राति ९ बजे तिर कसैले फोन गरेर बोलाएर गोली हानी हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृत शरीरमा पाँच गोली लागेको छ । राती अबेरसम्म घर नफर्किपछि बिहान खोजी गर्दा मलंगवा आँखा अस्पताल अगाडि उनको शव फेला परेको हो । 

 

null

सडकको ठेक्कापट्टाको काम गर्दै आएका उनलाई आपसी विवादको कारण गोली हानेर हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिनुभयो । हत्याको बारेमा अनुसन्धान भैरहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 18 =