भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति स्वेदश फर्किए

 

फागुन २१, काठमाडौँ । भेनेजुएलाका विपक्षी नेता तथा स्वघोषित अन्तरिम राष्ट्रपति हुवाँन गुएइदो स्वदेश फर्किएका छन् । 

उनलाई अदालतले देश छोड्न प्रतिबन्ध लगाएको थियो तर उनी अदालतको आदेशलाई बेवास्ता गर्दै दक्षिण अमेरिकी देश भ्रमणमा गएका थिए । 

null

गुएइदो राजधानी कारकासमा उपस्थित हुँदा हजारौं समर्थकले स्वागत गरेका थिए । 

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि चुनाव गराउन अन्तर्राष्ट्रिय दबाव बढिरहेको छ । 

फ्रान्स, जर्मनी र स्पेन सहित यूरोपीयन संघको करीब १६ देशले ग्वाइदोलाई देशको अन्तरिम राष्ट्रपति भएको आधिकारिक मान्यता दिइसकेका छन् ।अमेरिका र ब्रिटेनले पनि ग्वाइदोलाई नै मान्यता दिइसकेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *