रेशम चौधरीलाई सजाय दिनु गलतः बाबुराम भट्टराई

 

फागुन २८, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारले भ्रष्टाचारलाई चरम सीमामा पुर्याएको आरोप लगाएका छन् । 

छिन्नमस्ता गाउँपालिकाको पहिलो गाउँसभा उद्घाटन गर्न सोमबार सप्तरी पुगेका संयोजक भट्टराईले नेपाल प्रेस सोसाइटी सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारले भ्रष्टाचारलाई चरम सीमामा पुर्याएको आरोप लगाएका हुन् । 

null

सरकार भ्रष्टाचार नियन्त्रणमा संवेदनशील हुनुपर्ने स्पष्ट पार्दै उनले भने, ‘यो सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणमा संवेदनशील हुनुपर्ने ठाउँमा त्यसको उल्टो भएको छ । सरकार वाइडबडी जस्ता ठूला ठूला भ्रष्टाचार काण्डः बुढीगण्डकी, एनसेल, सुन तस्करी काण्डमा फसेको छ ।’ विकासले गति लिन नसकेको, विदेशी लगानी घटेको तथा व्यापार घाटा बढेको भन्दै उनले समग्रमा देश उल्टो दिशातर्फ गइरहेको दाबी गरे । 

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दुई तिहाइको सरकारले एक वर्ष बित्दा पनि संविधान संशोधन गरी मधेस र थारुवान क्षेत्रमा देखिएका असन्तुष्टिहरुलाई सम्बोधन गर्न नसकेको बताए । 

यस्तै उनले रेशम चौधरी जेल प्रकरण र सिके राउत जेल मुक्त प्रकरणबारे बोल्दै न्यायपालिका सरकारको सेटिङमा चल्न थालेको आरोप लगाए । ‘अदातलाई प्रभावमा पारेर एकातर्फ सिके राउतलाई जेल मुक्त गर्ने र अर्कोतर्फ त्यसको उल्टो रेशम चौधरीलाई आजीवन काराबासको सजाय सुनाउने सरकारको नीति अशोभनीय छ,’ उनले भने । 

कैलाली घटना राजिनीतिक विद्रोहको क्रममा भएका कारण यसलाई राजनीतिक ढंगबाटै समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ छ । ‘मान्छे मर्नु दुःखद हो तर, सरकारले चलखेल गरेर रेशम चौधरीलाई आजीवन कारावासको सजाय सुनाउनु गलत हो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *