कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

 

चैत ३, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले पूर्वप्रमुख सचेतक एवं कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । 

प्रमुख सचेतक बालकृष्ण खाँणले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

null

केन्द्रीय सदस्य श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको शनिबार ९९ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँस्थित ओम अस्पतालमा निधन भएको थियो । 

विसं २००७ देखि काङ्ग्रेसमा आबद्ध भई सक्रिय राजनीतिमा रहनुभएका स्व श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा देखाएको सक्रियता सबैका लागि अनुकरणीय रहेको विज्ञप्तिमा उल्लेख छ । 

स्व. श्रेष्ठको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै प्रमुख सचेतक खाँणले उनले आफ्ना सन्ततिलाई सदैव आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आउनुभएको र आफू पनि सामाजिक कार्यमा संलग्न रहेको बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *