भारत र पाकिस्तानबीचको तनावले नेपाली हवाई रुट प्रभावित

 

फागुन १७, काठमाडौँ । भारत र पाकिस्तानबीच उत्पन्न पछिल्लो तनावका कारण नेपाली हवाई रुट पनि प्रभावित भएको छ। 

नेपालबाट खाडीका देश र युरोपेली देशमा उडान भर्ने विमानको रुट परिवर्तन गर्नु परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। 

null

पाकिस्तानले आफ्नो आकाश प्रयोग गर्न नदिएपछि दिल्लीको रुट हुँदै जाने विमान अहमदाबाद रुट हुँदै साउदी अरबको छेउबाट गइरहेका छन्। 

फ्लाई दुवई, एयर अरेविया, कतार एयरवाइज, इतिहाद, टर्किस एयर लगायतको रुट प्रभावित भएको श्रेष्ठले बताए । ‘पाकिस्तानी आकाशको प्रयोग नगर्न नपाउँदा २० मिनेट बढि उडान भर्नु परेको छ, यो ठूलो समस्या होइन’,श्रेष्ठले भने। 

भारतसँगको तनावका कारण पाकिस्तानले सबै देशका विमानलाई आफ्नो आकाश प्रयोग गर्न अनिश्चितकालका लागि रोक लगाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *