अचम्मकाे परेवा जसलाई १५ करोडमा बेचियो

 

चैत ७ ।  बेल्जियममा एउटा परेवा १.२५ मिलियन यूरो अर्थात् १५ करोड ५४ लाख रुपैयाँमा लिलामी भएको छ । 

अक्सन (लिलामी) हाउस पिपाले अर्मान्डो नामको यो परेवालाई ‘लामो दुरीको सबैभन्दा उत्कृष्ट बेल्जियमको परेवा’ बताएको छ । साथै यो परेवालाई ‘परेवाहरुको लूईस हेमिल्टन’ पनि बताइँदैछ । यो लिलामी अघि सबैभन्दा महँगो परेवा ३.७६ लाख यूरो (४ करोड रुपैयाँ) मा बिक्रि भएको थियो । 

null

अर्मान्डोलाई लिलामीका लागि राखेपछि नै उक्त रेकर्ड टुटेको हो । अर्मान्डो यो वर्ष पाँच वर्ष पुगेको छ र अब अवकाशको आनन्द लिइरहेको छ । 

यति ठूलो लिलामीमा विश्वास लागिरहेको छैनः 

पिपाका मुख्य कार्यकारी अधिकारी निकोलास गाएसेलब्रेख्तलाई परेवा यति महँगोमा बिक्रि भएकोमा विश्वास नै भइरहेको छैन । उनी भन्छन्, ‘मलाई यो कुरा पत्याउन मुश्किल भइरहेको छ ।’ उनले थपे, ‘हामीले सपनामा पनि यति रकमबारे सोचेका थिएनौं । हामीले अर्मान्डोको मूल्य चारदेखि पाँच लाख वा अति नै धेरै भए ६ लाख यूरोसम्म हुनसक्ने आँकलन गरेका थियौं ।’ 

गाएसेलब्रेख्तका अनुसार चीनका दुई खरिदकर्ताले लिलामीमा अत्यधिक बोली लगाए । एक घण्टामा यो बोली ५.३२ लाख यूरोदेखि १.२५ मिलियन यूरोसम्म पुग्यो । 

 

थुप्रै हवाई रेस जितिसकेको छ अर्मान्डोः 

सबै कुरा ध्यानमा राख्दै हवाई दौड गर्ने यी परेवाको मूल्य २, ५०० यूरो हुन्छ । तर अर्मान्डो कुनै साधारण परेवा होइन । आफ्नो करियरको अन्तिम तीन दौडलाई उसले जितेको छ । यसमा २०१८ को ऐस पिजन च्याम्पियनशीप, २०१९ को पिजन ओलम्पियाड र अंलूलेम समावेश छन् । 

अर्मान्डोका प्रशंसकको पनि कमी छैन । बेल्जियमको परवेज शहरको स्थानीय पिजन फेन्सिन्ग असोसिएशनका अध्यक्ष फ्रेन्ड वेंकलीले बेल्जियमको सरकारी प्रशारणकर्ता आरटीबीएफसँगको कुराकानीमा भने, ‘अर्मान्डो ‘परेवाहरुको लुईस हेमिल्टन’ हो र खेल इतिहारमा सबैभन्दा विशेष छ ।’ 

अर्नान्डो अब अवकाशको आनन्द लिइरहेको छ । अब उनका नयाँ मालिक अर्मान्डोबाट प्रजनन गराउनेछन् र उनको वंशलाई अघि बढाउनेछन् । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *