अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फोर्ड ५ कि.मी. फन रन

 

चैत ५, काठमाडाैँ ।  जि.ओ. फोर्ड, नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेताले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यही चैत्र २ गते शनिवारको दिन हाइयर ग्राउन्ड र पाङ्ग्रोको संयुक्त आयोजनामा ५.२ कि.मी. फन रनको आयोजना गरेका थिए। 

उक्त कार्यक्रममा १२०० भन्दा बढी महिला, बालबालिका र पुरुषहरुको सहभागिता जनाएका थिए । विगतका वर्षहरुमा पनि फोर्डले महिला सशक्तिकरणका कार्यक्रमहरु आयोजना गर्दै आइरहेकाे छ ।  

null

 

उक्त दौड प्रतियोगितामा महिलातर्फ रसिला तमाङ्ग प्रथम, गनिसा महर्जन दोस्रो र सुरेयन्सा खत्रीले तेस्रो स्थान प्राप्त गरेको थिए भने पुरुष तर्फ उज्ज्वल खरेल प्रथम, सोम गुरुङ्ग दोस्रो र सुवर्ण थपलिया ले तेस्रो स्थान प्राप्त गरेका थिए । 

कार्यक्रमको शुरुवात जीम खाना द्धारा हल्का व्यायाम र पछि जुम्बा सेसनको समन्वयमा इलिगेन्ट जुम्बा जोन र डान्स स्टुडियो, नित्य डान्स स्टुडियो र फिटनेस स्टुडियो ले गरेका थिए । साथै यस कार्यक्रमको एक प्रमुख आकर्षणको रुपमा रहेको थियो Blind rocks का सृष्टि के.सी. द्धारा समन्वय गरेको फेसन शो जसमा दृष्टिविहिनद्धारा फेसन शो गराइएका थिए । उक्त फेशन शोकाे कोरियोग्राफी पूर्व मिस नेपाल निकिता चन्डकले गरेकी थिइन् । 

 

साथै उक्त कार्यक्रममा महिलाहरुका लागि आत्मरक्षाका तरिकाहरुको पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा महिला उद्यमीहरुले बनाएका नेपाली उत्पादनका सर–सामानहरुका स्टल पनि राखिएका थिए । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *