जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआईसी एशिया विजयी

 

चैत ८, काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले सौरहामा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा जित हात पारेको छ । 

विभिन्न खेलकुद प्रतियोगितामा आफ्नो सबल उपस्थिती जनाउँदै आएको एनआईसी बैंकले सम्पूर्ण प्रतिस्पर्धीहरुलाई हराउँदै जित हात पारेको हो । 

null

पालोमा इन्टरनेसनलइभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्ट प्रालिले आयोजना गरेको सो टुर्नामेण्ट फागुन ३० देखि सुरु भइ चैत २ गते सम्पन्न भएको थियो । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता रहेको थियो । 

यस अगाडि समेत विभिन्न संघसंस्थाहरुले आयोजना गरेको खेलकुद प्रतियोगिताहरुः KKXI Corporate Cup Indoor Cricket2018 मा प्रथम, Century Bank Corporate Super Sixes Cricket 2018 मा दोस्रो,The Banker’s Cup 2018 मा दोस्रो तथा NIC ASIA BankCorporate Indoor Cup 2017 मा दोस्रो हुँदै खेलकुद क्षेत्रमा समेत आफ्नो वर्चस्व स्थापित गर्दै आइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *