याे कस्ताे बिवाह ? विवाह गरेको तीन मिनेट पछि डिर्भोस

 

फागुुन २० । हिन्दु धर्मग्रन्थहरुमा विवाह सात जन्मसम्म निभाउनको लागि गर्ने गरिन्छ भनेर ब्याख्या गरिएको छ । तर, कुबेतमा विवाह सम्बन्धि अनौठो घटना घटेको छ । कुवेतमा एउटा जोडी विवाह गरेको तीन मिनेटमै सम्बन्ध विच्छेद गरेका छन् । 

ती जोडीले विवाह गरे लगत्तै डिभोर्स गरेका हुन् । अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लने बित्तिकै बेहुलीले डिभोर्स गरेको डेली मेलले जनाएको छ । 

null

 यो डिभोर्स कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएको बताइएको छ । ती जोडीले विवाह गरे लगत्तै अदालतमा जाँदै गर्दा चिप्लिएपछि आफूलाई ‘बेवकुफ’ भन्दै जिस्काएपछि बेहुली रिसले चुर हुँदै न्यायाधीशसँग वैवाहिक सम्झौता खारेज गर्न माग गरेकी हुन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *