लगानीकाे वातावरण सहज बनाएका छौँ, ऊर्जामा लगानी गर्नुहोस्ः ऊर्जामन्त्री

 

चैत १५, काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वषार्मान पुनले नेपालमा राजनीतिक स्थिरता कायम भएको र लगानीसम्बन्धी कानून पनि सहज बनाइएको भन्दै लगानीकर्तालाई लगानी गर्न आग्रह गरेका छन् । 

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको नेपाल लगानी सम्मेलन–२०१९ को ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । 

null

उनले विदेशी लगानीकर्ताहरुलाई नेपालमा अब आक्रामक रुपमा बिजुली उत्पादन गर्न लागिएको जानकारी गराउँदै उत्पादित बिजुलीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने कोशिस गरिरहेको बताए । भारत, चीन, बंगलादेशसँग सम्झौता भइसकेको पनि उनले जानकारी दिए । 

आगामी पाँच वर्षमा नेपालका शतप्रतिशत जनतामा विद्युत पुग्ने भन्दै मन्त्री पुनले मुख्य उद्देश्य नै उर्जामा निजी लगानी भित्र्याउने रहेको बताए । आर्थिक रुपान्तरणका लागि नेपालको उर्जा क्षेत्र महत्वपूर्ण भएको उनको भनाइ छ । 

आजबाट होटल शोल्टीमा शुरु भएको सम्मेलन भोलि पनि जारी रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *