जापानमा धुमधामका साथ यसरी मनाइयो लिंग पर्व (फोटो फिचर)

एजेन्सी । जापानमा एउटा विशेष पर्व मनाउन हजारौँ मानिसहरु भेला भए । त्यो पर्व यस अर्थमा विशेष छ कि पर्व पूर्णरुपमा पुरुष यौनांगमय भयो । यो लिंग पर्वलाई जापानमा होनेन साइ भनिन्छ । होनेन साई पर्वमा लिंग आकारका बहुरंगी आकृतिहरु यत्रतत्र राखिएका थिए । 

 

युवायुवती, महिला पुरुष सबैजना लिंगआकृतिसँग आलिंगनमा मस्त भए । जापनको आइची प्रान्तस्थित कोमाकी क्षेत्रमा हरेक वर्षको मार्च महिनाको १५ तारेखमा लिंग पर्व मनाइन्छ । सडकमा भिमकाय लिंग बोकेर मानिसहरु हिँड्दछन् । अनि रमितेहरुको पनि ताँती लाग्दछ । 

null

 

एउटा जापानी वनस्पतीको काठबाट बनेको दुई मिटर लामो लिंग बोकेका पुरुषहरु सडकमा हिँडिरहँदा हेर्नेको भीड लाग्दछ । त्यो काठको लिंग ४ सय केजी तौलको छ भने यसको गोलाकारको परिधि १ मिटर रहेको छ । 

 

यो लिंगको दर्शन गरेमा खेतीपाती हुने, प्राकृतिक विपत्ति नआउने र मानिसहरुको प्रजनन क्षमता पनि बढ्ने विश्वास गरिन्छ । यो पर्व यतिधेरै लिंगमय बन्दछ कि टोपी देखि चकलेट सम्म तथा खेलौनादेखि खानेकुरासम्म सबै लिंग आकारका हुन्छन् । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *