कांग्रेस प्रवक्ता शर्माद्वारा ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग

 

फागुन २३, चितवन । चितवनमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आर्थिक सहयोग गरेका छन् । विवाह भएको १६ औँ वर्षगाँठमा उनले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैयाँ सहयोग गरेका हुन् । 

श्रीमती कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर उनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई सहयोग हस्तान्तरण गर्दै सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्र्तराष्ट्रियस्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गरे । 

null

प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभुत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै उनले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आव्हान पनि गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =