अशोक शर्माकाे ‘राटो टिका निधारमा’ आउँदै

 

चैत्र १३, काठमाडौँ । निर्देशक तथा निर्माता अशोक शर्मा यतीबेला नयाँ फिल्म ‘राटो टिका निधारमा’ भन्ने फिल्म निमार्ण गर्ने जमर्को कस्दैछन् । यस फिल्मको नामाकरण दर्शकले अति नै रुचाईएको पुरानो फिल्म अल्लारेको सुपरहिट गित रातो टिका निधारमा भन्ने बोलको गितबाट राखिएको हो ।  उक्त गितलाई फिल्ममा पनि सामेल गराइने  भएकाे छ । 

 यस फिल्मको लिड भूमिकाका लागि नायक र नायिका फाइनल गरिएको छैन । तर, चलचित्रका लागि केही कलाकार भने फाइनल गरिएको छ । चलचित्रका लागि निर्माण टिमले नायिका नीता ढुंगानालाई फाइनल गरेको हो । 

null

आगामी बैशाखमा यस फिल्मको छायाँकन प्रारम्भ हुनेछ भने आउँदो दशैँमा उक्त फिल्मको प्रदर्शन मिति राखिएको छ । सो फिल्ममा शम्भुजित बास्कोटाले संगीत दिने भएका छन् भने पुरुषोत्तम प्रधानको छायांकन गर्ने भएका छन् । साथै यस फिल्ममा निता सँगै रविन्द्र झा, बुद्दि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरी पनी फाइनल भएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *