अर्जेन्टिनामा फुटबल खेलमा कुकुर गोलरक्षक

 

फागुन १७ ।  लण्डन । लामो समय अनुभव लिएका तथा नियमित प्रशिक्षण लिएका गोलरक्षकलाई त छक्याउँदै खेलाडीले गोल गर्छन् । अर्जेन्टिनामा फुटबल खेलमा कुकुरले गोलरक्षकको रुपमा सुन्दर बचाउ गरेकाे थियाे । 

अर्जेन्टिनाको तेस्रो डिभिजन अन्तर्गत डिफेन्सोरिस डी बेलग्रानो डी भिल्ला रामाल्लो र युभेन्टुड युनिडाबिचको खेलमा गोल पोस्टमा रहेको कुकुरले सुन्दर बचाउ गरेको हो । कालो रंगको कुकुरले गोलरक्षकले गरेको गल्तीका बिच टिमलाई गोल खानबाट जोगाएको हो । 

null

डिफेन्सोरिसले तीन गोल खाइसकेको थियो । टिमका गोलरक्षकले गल्ती गर्दा अर्को गोल पनि खाने अवस्था आएको थियो । तर मैदानमा दौडिँदै छिरेको कुकुर गोलपोस्ट हुँदै गुज्रियो, डिफेन्सोरिसका गोलरक्षक डिबक्सको घेरामा थिए । 

युभेन्टुडका खेलाडीले गरेको प्रहार गोल हुने तरखरमा थियो, तर गोललाइन नजिकैबाट दौडिएको कुकुरले गोल हुन दिएन । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *