सलिनमानको यात्रा चैत्र २९ गते रिलिज हुँदै (ट्रेलर सहित)

 

चैत्र १२, काठमाडौँ । नायक सलिनमान बानियाँद्धारा अभिनित चलचित्र यात्राको ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । यस चलचित्रलाई सम्राट शाक्यको निर्देशन गरेका हुन् भने लगानी सुशिल पोखरेलले गरेका छन् । साथै चलचित्रमा मुख्य भूमिका सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत, रेअर राई, राजाराम पौडेल, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेतको रहेको छ । 

सार्वजनिक उक्त ३ मिनेटको ट्रेलरमा चलचित्र सम्बन्धी अध्ययन गर्ने विद्यार्थी, उनीहरुको योजना, मिठो स्वर भएकी गाउँकी एक यूवती र उनको जिवनमा ती विद्यार्थीले ल्याएको परिवर्तनलाई देखाउँन खोजिएको छ । 

null

निर्देशक शाक्यकै कथा, पटकथा रहेको उक्त चलचित्रमा मुख्य निर्माता सर्जुमान लिगल रहेका छन् । बनिष शाहले सम्पादन गरेको उक्त चलचित्रमा एउटा भ्लगरको कथा समावेश गरिएको छ । ‘यात्रा’ को रिलिज मिति भने चैत्र २९ गते तय भएको छ उक्त दिन अर्का नायक अनमोल के.सी.द्धारा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ पनि रिलिज हुँदैछ । 

सार्वजनिक ट्रेलर  यस्तो छ । 

 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *