विमानको रङ किन सेतो हुनुकाे राेचक तथ्य

 

फागुन १९ । हामीमध्ये केहीले विमानमा यात्रा गरेका छौं । तर विमानसँग जोडिएका केही तथ्य यस्ता पनि छन् जसबारे सायद तपाईंलाई थाहा छैन । आउनुहोस्, यसबारे जानकारी लिऔंः 

आखिर विमानको रङ सेतो नै किन हुन्छ ? 

null

सेतो रङ लगाउँदा विमानको बडीमा आएको कुनै पनि खराबी जस्तै चिरा परेको वा तेल चुहिएको सजिलै देख्न सकिन्छ । साथै, सेतो रङले तातोलाई सजिलै परावर्तन गर्न सक्छ जसका कारण ३० हजार फिटको उचाईमा पनि विमान चिसो हुने गर्दछ । 

विमानको भर्याङको मुनी किन बनेको हुन्छ सानो प्वाल ? 

विमानको भर्याङमा तीन तह हुन्छ । एक तह बाहिरतर्फ, एक बीचमा र अर्को भित्रतर्फ । यसमा बीचको तहमा तपाईं सानो प्वाल देख्न सक्नुहुन्छ । वास्तवमा बीचको तहमा भएको प्वालले क्याबिनको प्रेशर नियन्त्रण गर्दछ । यदि प्रेशरका कारण झ्याल फुटेपनि सबैभन्दा पहिले यसको बाहिरी तह फुट्नेछ । त्यति बेलासम्म चालकले पनि विमानलाई तलसम्म लैजान सक्छ । 

किन हुन्छ विमानको झ्याल गोलो वा घुमाउरो ? 

वास्तवमा, सुरुवाती अवस्थामा विमानको झ्याल चार कुनाको हुन्थ्यो । प्रेशरका कारण झ्यालको सिसा टुट्ने गर्दथ्यो । समयसँगै विमानको आकार र सुरक्षा दायरामा पनि परिवर्तन ल्याइयो । विमानको सुरक्षाका लागि वैज्ञानिकले पनि निकै सजिलो तरिका अपनाए । उनीहरुले विमानको झ्याललाई गोलो वा घुमाउरो बनाए ता कि यसमा पर्ने प्रेसर बाँडियोस् जसका कारण यो टुट्ने सम्भावना कम हुन्छ । 

किन सानो हुन्छ विमानको झ्याल ? 

उचाईमा उड्दा विमान बाहिर र भित्रको प्रेशरमा निकै अन्तर हुन्छ । यदि विमानको झ्याल ठूलो भए त्यसको सिसा टुट्ने सम्भावना बढि हुन्छ । तर तपाईं सोचिरहनुभएको होला कि ककपिटको झ्याल ठूलो र चार कुना किन हुन्छ ? वास्तवमा, चालकले बाहिरको दृश्य स्पष्ट रुपमा देखून् भन्नका लागि ककपिटको झ्याल ठूलो बनाइएको हुन्छ । यसमा प्रयोग गरिएका सिसा अत्यधिक बलियो र धेरै नै महँगो हुने गर्दछ । 

ल्याण्डिङ र टेकअफका बेला किन खोलिन्छ झ्यालको सटर ? 

ल्याण्डिङ र टेकअफका बेला एयर होस्टेजले तपाईंलाई झ्यालको सटर उठाउन आग्रह गर्दछन् । वास्तवमा यसको पछाडि सुरक्षा कारण हुन्छ । यात्रुहरु विमानको सुरक्षाको विषयमा धेरै सजग हुन्छन् । यस्ता थुप्रै घटना सार्वजनिक भएका छन् जसमा यात्रुले झ्यालबाट देखेर क्रुलाई प्लेनको खराबी बारे जानकारी दिएका थिए । सटर खुल्ला हुँदा विमानमा आएका कुनै प्रकारको खराबीलाई तुरुन्त थाहा पाउन सकिन्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *