टर्की डुङ्गा दुर्घटनामा बालक सहित चार जना आप्रवासीको मृत्यु

 

चैत्र १२,  इस्तानबुल ।  टर्कीको एजियन तटीय क्षेत्रमा भएको एक डुङ्गा दुर्घटनामा परी एक बालकसहित चार जना आप्रवासीको मृत्यु भएको छ । टर्कीको उत्तरपश्चिमी प्रान्त क्यानाक्कलेका आइभासिक जिल्लानजिकै गैरकानूनी रुपमा सवार रहेका १५ व्यक्तिको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

तटीय सुरक्षाकर्मीहरुले ११ व्यक्तिलाई उद्धार गरेका पनि सो विज्ञप्तिमा जनाइएको छ । वेपत्ता व्यक्ति नरहेकाले उद्वारकार्य पनि बन्द गरिएको बताइएको छ । 

null

राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमका अनुसार मारिएका ती व्यक्तिहरु इरानी र अफगानी भएको जानकारी पनि दिइएको छ । आप्रवासीहरु गैरकानूनी रुपमा प्रवेश गर्ने प्रमुख मार्ग टर्की भएर युरोपतर्फ लाग्ने गरेका छन् । सन् २०१६ मा टर्की र युरोपेली युनियनबीच भएको एक सम्झौताले गैरकानूनी रुपमा बढीहरेका आप्रवासीको सङ्ख्या घटाउन सहयोग गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =