नेपालको समृद्ध हुने लक्ष्य पूरा गर्न सक्दो सहयोग गर्नेछौँः एडीबी उपाध्यक्ष चेन

 

चैत १५, काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष सिजिन चेनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने नेपालको लक्ष्य पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

राजधानीमा आजबाट सुरु भएको दुई दिने लगानी सम्मेलनलाई सम्बोधन गर्ने क्रममा एडीबी उपाध्यक्ष चेनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । 

null

उनले नेपालको पूर्वाधार विकासमा एडीबीले सधैँ जोड दिँदै आएको दाबी गर्दै बढी लगानी जलविद्युत क्षेत्रमा गर्ने योजना पनि अघि सारे । 

नेपालमा राजनीतिक स्थायित्व कायम भएको तथा सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिएका कारण यसमा वैदेशिक लगानी बढाउन उपयुक्त भएको उनको भनाइ छ । 

आज र भोली चल्ने सम्मेलनमा लगानीकर्तालाई आकर्षित गर्न ७७ वटा आयोजना राखिएको छ। यी आयोजनाको लागत ३० खर्बभन्दा बढी रहेको उद्घाटनका क्रममा प्रधानमन्त्रीले जानकारी दिएका छन् । 

सम्मेलनमा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुङ, विश्व बैकका उपाध्यक्ष हार्टविग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तर्गतको बहुपक्षीय लगानी प्रत्यभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केइको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा नीजि क्षेत्र सम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एसियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालन सम्बन्धी उपाध्यक्ष डोङ ली, माइक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेलवे, डाबर युनिलिभर लगायतका उच्च पदस्थ पदाधिकारीको सहभागी छन् । 

कार्यक्रममा करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *