तेहरान नजिक यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु
मकालु खबर
२०७५ फागुन १८ गते
फागुन १७, तेहरान । इरानको राजधानी तेहरान नजिक शुक्रबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा आठ जनाको मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ ।
इरानको करमान सहरबाट आएको बस तेहरान–क्वूम राजमार्गमा पल्टिएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाका कारण अरु ३६ जना घाइते भएका छन् ।
null
ट्राफिक प्रहरी नादेर रहमानीले बिहानको समयमा बसका चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने बताउनुभयो ।
मकालु खबर
२०७५ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित