टिप्परकाे ठक्करबाट बालककाे मृत्यु

 

फागुन १७, कैलाली । टिप्परकाे ठक्करबाट कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा एक जना बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम गई रहेको मे १ क ३२८ नम्बरको टिप्परको ठक्कर बाट सुखड पिपल डाडाका जगत बस्नेतका ६ बर्षिय बालक सुभम बस्नेतको मृत्यु हाे । 

टिप्परले बालक बाटो काटिरहेको अवस्थामा ठक्कर दिइएकाे हाे । टिप्परले ठक्कर दिँदा सामान्य अवस्थामा रहेको बालकलाई टिप्परले पछाडी ब्याक गरेर बालकको शरिर माथी चढाईएको प्रत्यक्षदर्शी सबिता शाही बताउँछिन् । 

null

घाईते बालकलाई घटना स्थलबाट तान्न खोज्दा आफुलाई पनि च्याप्न खोजेको मृतकाका दाईले बताए । बालक लाई घोडाघोडी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो । बालकको उपचारकै क्रममा मृत्यु भएको हो । 

मृतक बालक सखड स्थित श्री सप्तश्री माध्यमिक विद्यालयका युकेजीमा अध्ययनरत विद्यार्थी हुन् । बालकको मृत्यु भए पछि आफन्त तथा स्थानियहरुले केहि बेर सडक अवरुद्ध गर्दा अवस्था तनावग्रस्त भएको थियो । आन्दोलित भएका बालकका आफन्तहरुले टिप्परमा आगजानी गर्न समेत खाजेका थिए । घटनालाई साम्य पार्न खोज्दा २ जना प्रहरी समेत सामान्य घाईते भएका ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । 

बालकका आमावुबा रोजगारीका शिलशिलामा भारतमा रहेकोले आमावुबा आएर वार्ता गर्ने सहमती भएपछि घटनाले सामान्य रुप लिएको हो । मृतक बालक आफन्त सँगै बस्दै आइरहेका  थिए । अहिले अवरुद्ध सडक सुचारु भई सकेको छ । 

टिप्पर चालक कञ्चनपुरको बेदकोट नगरपालिका ३ दैजीका ४३ बर्षिय हिरा सिंह धानुक र टिप्परलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *