जिलका पूर्व राष्ट्रपतिलाई नातीको अन्त्येष्टिमा सहभागी हुन अनुमति दिइयाे

फागुन १८, रियो दि जेनेरियो ।  काराबासमा रहनु भएका ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भालाई आफ्नो नातीको अन्त्येष्टिमा सहभागी हुन अनुमति दिइएको छ । 

उनको सात वर्षे नाती अर्थर अराउजो जुला दा सिल्भाको शुक्रबार विहान निधन भएपछि अदालतले शुक्रबार नै उनलाई अन्त्येष्टिमा सहभागीताका लागि अनुमति दिएको हो । 

अदालतले अनुमति दिएपछि शनिबार हुने अन्त्येष्टि कार्यक्रममा उनको सहभागीता रहने अधिकारीहरुले जनाएका छन् । अन्त्येष्टिमा सहभागी हुन उनी साओ पाउलोमा जाने कार्यक्रम रहेको छ । सो ठाउँ लुला परिवारको बाक्लो बस्ती भएको ठाउँ मानिन्छ । 

null

कडा सुरक्षा व्यवस्थासहित उहाँ विमानबाट कार्यक्रम स्थलमा पुग्ने कार्यक्रममा सहभागी हुनुहुने भएको छ । ब्राजिलको कानुनमा काराबासमा रहेका व्यक्तिलाई बुवा आमा, सहोदर भाइबहिनी, छोराछोरी वा नाती नातिना जस्ता निकटस्थको अन्त्येष्टि समारोहमा छोटो अवधिका लागि सहभागी हुन अनुमती दिन सक्ने व्यवस्था रहेको छ । 

ब्राजिलमा सैनिक शासन रहेका बेला जवरजस्ती काराबासमा राखिएका लुलालाई त्यतिबेला पनि आफ्नी आमाको अन्त्यष्टीमा सहभागी हुन दिइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *