बंगलादेशमा एक युवतीले १ महिनामै जन्माइन् ३ बच्चा !

 

चैत १४, काठमाडौं । विश्वमा हरेक दिन रोचक छन् । हरेक दिन रोचक तथ्य–घटना सुनिन्छन्, देखिन्छन् पनि । बंगलादेशमा पनि हालसालै एउटा यस्तै रोचक घटना भएको छ । 

त्यहाँ आरिफ सुल्ताना नामकी २० वर्षीया महिलाले एउटा बच्चा जन्माएको २६ दिनपछि जुम्ल्याहा बच्चा जन्माएकी छिन् । पहिलो बच्चा जन्मदा डाक्टरहरुले पनि उनको पेटमा जुम्ल्याहा बच्चा छन् भन्ने बारेमा थाहा पाएका थिएनन् भने सुल्तानालाई पनि आफ्नो गर्भमा बच्चा रहेको महशुस भएको थिएन । पहिलो बच्चा जन्माएको २६ दिनपछि सुल्ताना बिरामी भएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा उनले फेरि जुम्ल्याहा बच्चा जन्माइन् । 

null

न्युज वेबसाइट बीडीन्यूज  २४ सँग चिकित्सकले भनेका छन्, ‘अनुसार यो दुर्लभ घटना हो । यी महिलाको दुईवटा गर्भाशय थियो । पहिलो बच्चा पहिलो गर्भाशय र दोस्रो बच्चा दोस्रो गर्भाशयबाट जन्मिएको थियो ।’ 

बंगलादेशको न्युज वेबसाइट बीडीन्यूज २४ सँग अरिफाका पति सुमोन विश्वासले भनेका छन् ‘पहिलो बच्चा जन्मिएको २६ दिनपछि अरिफा फेरि बिरामी भइन् । उनलाई अस्पताल लगियो त्यसपछि उनले अर्को दुईवटा बच्चा जन्माइन् ।’ 

सन् २००६ मा बेलायतमा पनि यस्तो घटना भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *