चितवनमा अर्न्तराष्ट्रियस्तरको भलिवल प्रतियोगिता हुँदै

 

चैत १२ गते । चितवनको रत्ननगरमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको अर्न्तराष्ट्रिय आमन्त्रण मेयर कप भलिवल प्रतियोगिता हुने भएको छ । आयोजक पञ्चरत्न युवा क्लवले यही चैत २४ गतेदेखी २८ गते सम्म संचालन हुने प्रतियोगिताकोबारे मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 

क्लवका सचिव सन्तोष घिमिरेका अनुसार प्रतियोगितामा भारत, बंगलादेशबाट एक एक टिम तथा नेपाल प्रहरी ,नेपाली आर्मी, शसस्त्र प्रहरी वल, प्रदेश नम्वर ३, प्रदेश नम्वर ५ र आयोजक टिम गरी कुल ८ टिमले सहभागीता जनाउने छ । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र उपविजेताले ट्रफीसहित १ लाख ५० हजार रुपैँया प्राप्त गर्ने सचिव घिमिरेले बताए । 

null

त्यस्तै प्रतियोगितामा विभिन्न ६ विधामा समेत उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । उत्कृष्ठ स्पाईकर, उत्कृष्ट सेटर, उत्कृष्ठ डिफेन्स, उत्कृष्ठ सर्भर, उत्कृष्ठ कोच र प्रतियोगिताभरका उत्कृष्ठ खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । उत्कृष्ठ खेलाडीलाई नगद ७ हजार र अन्य विधाका उत्कृष्ठ खेलाडीलाई ५,५ हजारका दरले पुरस्कार प्रदान गरिने क्लवका सचिव घिमिरेले बताए । 

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषदका सल्ल्लाहाकार शालिकराम खड्काले सरकारी लगानी बाहेक निजी क्षेत्रले आयोजना गर्न लागेको यो प्रतियोगिता ठुलो रहेको बताए । निजी क्षेत्रले आयोजना गरेको प्रतियोगिता मध्ये रत्ननगरको ठुलो हो परिषदका सल्लाहाकार खड्काले भने – यसलाई व्यवस्थित र वृहत वनाउन राखेपले वार्षिक क्यालेण्डरमा पार्न सहयोग गर्छ । प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने गरी प्रतियोगिता सुरु गर्न लागिएको क्लवका अध्यक्ष उमेश केसीले जानकारी दिए । वैरिया माध्यमिक विद्यालयको चौरमा हुने प्रतियोगिता सम्पन्न गर्न २६ लाख रुपैया खर्च लाग्ने आयोजकको दवि छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *