बेलायती संसदमा इयूबाट बाहिरिने प्रस्ताव दोस्रोपटक अस्वीकृत

एजेन्सी । युरोपेली संघ इयूबाट बाहिरिने सम्बन्धी प्रस्ताव बेक्जिट बेलायती संसदले दोस्रो पटक अस्वीकृत गरेको छ । प्रधानमन्त्री थेरेशा मे’ले संसद्मा प्रस्तुत गरेको संशोधित प्रस्ताव पनि अस्वीकृत भएको हो । गत जनवरीमा पनि प्रस्तावलाई बेलायती संसदले अस्वीकृत गरेको थियो । 

संशोधित प्रस्ताव भारी मतान्तरले अस्वीकृत भएपछि प्रधानमन्त्री मे अप्ठ्यारोमा परेकी छन् । मार्च २९ सम्म बेक्जिटबारे निर्णय लिनुपर्ने भए पनि ठोस परिणाम आउन सकेको छैन । संसदमा प्रधानमन्त्री मे’को प्रस्ताव १४९ मतले अस्वीकृत भएको हो । प्रस्तावको पक्षमा २४२ र विपक्षमा ३९१ मत परेको थियो । 

 

null

संशोधित प्रस्तावमा प्रधानमन्त्री मेले प्रस्तावको पक्षमा मतदान गर्न वा ब्रेक्जिट नै खारेजीका गर्न आग्रह गरेकी थिइन । गत जनवरी १६ मा पनि बेलायती संसदमा बेक्जिटबारे मतदान भएको थियो । त्यसबेला प्रधानमन्त्री मेले बेलायतलाई युरोपियन युनियनबाट बाहिरिनका लागि गरेको ब्रेक्जिट प्रस्तावलाई बेलायती संसदले अस्वीकृत गरिदिएको थियो । 

उक्त प्रस्तावका पक्षमा २०२ मत परेको थियो भने विपक्षमा ४३२ मत परेको थियो । मे कै पार्टीका सांसदहरुले समेत उनको प्रस्ताव विरुद्ध मतदान गरेका थिए । प्रस्ताव अस्वीकृत भएपछि मेले संसदमा अविश्वासको प्रस्तावको सामाना गर्नुपरेको थियो । तर उनीविरुद्ध अविश्वासको प्रस्ताव पारित भने भएन । 

अब बुधबार संसदमा मतदान हुनेछ । बुधबार भने बिना सम्झौता बेलायत इयूबाट बाहिरिनु पर्छ वा पर्दैन भन्ने विषयमा मतदान हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *