पैसा गन्न नसकेपछि विवाह क्यान्सिल !

 

भारतको बिहारस्थित एक दुलहीले दुलाहा अशिक्षित भएको भन्दै विवाह गर्न अस्वीकार गरेकी छिन् । 

भारतीय सञ्चार माध्यमका अनुसार मार्च १३ तारिखमा विवाहको कार्यक्रम चलिरहँदा दुलहीका साथीहरुले सोधेका प्रश्नको जवाफ दुलाहाले दिन नसकेपछि विवाह अस्वीकार गरेकी हुन् । अशिक्षित भएको भन्दै विवाह अस्वीकार गरिएको बताइएको छ । 

null

दुलहीले यो निर्णय ‘वरमाला’ लगाइदिएपछि लिएकी हुन् । युवतीको यो निर्णय गाउँलेले स्वागत गरे । यस्तै विवाहमा आएका व्यक्तिले उनको हिम्मतको तारिफ गर्दै आफ्नो पढे लेखेको छोरासँग विवाहको प्रस्ताव राखे जसलाई युवतीले स्वीकार गरिन् । 

दुलहीका साथीहरुले दुलाहालाई सयका १० वटा नोट गन्न दिएका थिए । ती पैसा दुलहाले तीन पटक प्रयास गर्दा पनि राम्रोसँग गन्न सकेनन् । त्यसपछि उनलाई उनको नाम र गाउँको नाम सोधियो । उनीहरुले एकैछिनमा दुलाहा अशिक्षित भएको पत्ता लगाए । त्यसपछि युवतीले हिम्मत देखाएर विवाह अस्वीकार गरिन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *