विप्लवमाथि खनिँदै प्रधानमन्त्रीले भने- लुटेर हिँड्ने, बम पड्काउनेसँग वार्ता हुँदैन

 

फागुन २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग वार्ता नगर्ने बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा गत फागुन २४ गते वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङका घरमा बम हानेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन गएका टोलीसँगको भेटघाटका क्रममा उनले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको बताएका हुन् । 

null

विप्लवका बारेमा आफ्नो धारणा राख्दै नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँग उनले भने, ‘कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर केका लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतङ्कित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन् । जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग केको वार्ता ? उनीहरुलाई कानूनबमोजिम नियन्त्रणमा लिइन्छ ।’ 

प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिष्टका नाममा आतङ्कित पार्ने काम गरिरहेको उल्लेख गदै भने, ‘कम्युनिष्टले त युवालाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो, यहाँ त कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *