रेखा थापाले किनिन् क्रिकेट टिम

 

चैत ४, काठमाडौँ । अभिनेत्री रेखा थापाले आगामी वैशाख ७ गतेदेखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा आयोजना हुने एनसिएल महिला टी–२० प्रतियोगिताका लागि च्याम्पियन्स टिम खरिद गरेकी छिन् । 

लामो समयदेखि महिलाको क्षेत्रमा काम गर्दै आएकी रेखा थापाले महिला क्रिकेटमा योगदान दिनका लागि टिम खरिद गरेकी हुन् । 

null

पहिलो महिला टी–ट्वेन्टी फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको टोली, मालिक र मार्की प्लेयर सार्वजनिक समारोहमा रेखा टिमको मालिक भएको जानकारी गराइएको हो । 

आयोजक एन.सी.एल. स्पोर्टस् प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताका लागि टोली, मालिक र मार्की खेलाडी सार्वजनिक गरिसकेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतियोगितामा विराटनगर रोअरीङ लायोनेश, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन र काठमाडौं सुपर च्याम्पियन्स गरी चार टोली सहभागी हुनेछन्। काठमाडौंको स्वामित्व रेखाले लिएकी हुन् 

यस्तै विराटनगर टोलीको स्वामित्व अनुप सक्सेनाले लिएका छन् भने भैरहवाको स्वामित्व अनिल भण्डारी र दीपक सुवेदीले लिएका छन् । हरी खनालले धनगढीको स्वामित्व लिएका छन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *