अचम्मकाे मन्दिर जहाँ खेलाैँना हवाइजहाज चढाएपछि आफुले चाहेको देश जाने भिसा मिल्छ

 

फागुन २६, काठमाडौँ । विदेश भ्रमण गर्न चाहने जो कोहीलाई भिसा पाउन त्यति सजिलो छैन् । रोजगारकै लागि विदेश जाने तयारी गरिरहेका व्यक्तिहरुको लागि पनि विदेश जान धेरै संघर्ष गर्नु पर्छ । तर भारतमा भने विदेश जानको लागि भिषा पाउन पुजा गर्नुपर्ने एक मन्दिर रहेको छ । आफुले चाहेको देशमा जानको लागि मानिसहरु उक्त मन्दिरमा पुजा गर्ने गर्छन् । 

भारतको तेदंगना राज्यमा रहेको मन्दिरको नाम चिल्कुर बालाजी हो । मन्दिरमा गएर पुजा गर्दा मन्दिरको वपरिपरि घुम्ने र आफु कुन देशमा जान चाहेको हो त्यो देशको नाम लिएर खेलौना हवाइजहाज चढाएमा उक्त देशको भिसा पाइन्छ भन्ने मान्यता रहेको छ । मन्दिरमा ११ पटक परिक्रमा गरेर आफुलाई आवश्यक परेको कामको कुरा गरेमा पनि सोचेको काम पुरा हुने विश्वास रहेको छ । 

null

५ सय वषै पुरानो यो मन्दिरमा आफुले सोचेको कुरा पुरा भएका भक्तहरु आएर एक सय ८ पटक परिक्रमा गर्ने गर्छन् । आफुले चाहेको देशमा जान मानिसहरुलाई निकै कष्ट गर्नुपर्छ तर भारतमा रहेको चिल्कुर बालाजीको मन्दिरमा खेलौना जहाज चढाएमा जान चाहेको भिसा मिल्ने गरेको भक्तजनहरुमा विश्वास छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *