मोटरसाइकल चोरी गरी गर्ने गिराेह सार्वजनिक

 

फागुन ३०, राँझा ।  नेपालगञ्ज क्षेत्रमा मोटरसाइकल चोरीकार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ सेतुविक चोक बस्ने इरसाद हुसेन हलवाइले रोकिराखेको रोयल इनफिल्ड मोटरसाइकल चोरी गर्दै गर्दा महेन्द्रप्रसाद न्यौपाने पक्राउ परेपछि गिरोह सार्वजनिक भएको हो । 

दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का न्यौपानेमाथि सोधपुछ गर्दा दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का विमलप्रसाद न्यौपाने र दैलेख आठ बिसकोट–५ का अर्जुन शाहीलाई विभिन्न समयमा चोरी भएका चार थान मोटरसाइकल सहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए । 

null

उनीहरुबाट यूपी ३२ जेपी १७३९ नंको रोयल इनफिल्ड, भे ४ प ४०२० नं. को २२० सिसीको पल्सर, लु४०प ९८५१ नंको २२० सिसीको पल्सर र यूपी३२जेपी ६५५० नंको २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको प्रहरी निरीक्षक डाँगीले बताए । 

उनका अनुसार, उक्त गिरोहले २२० सिसीको मोटरसाइकलमै धेरै आँखा लगाउने गरेका थिए । त्यसरी चोरी भएका मोटरसाइकल सुर्खेत, कैलाली र दैलेखबाट बिक्री गर्ने गरेको पाइएको छ । प्रहरीले बरामद गरेका मोटरसाइकल पनि विभिन्न जिल्लाबाट झिकाएको हो । सेतुविक चोकमा रोयल इनफिल्ड चोरी गर्दागर्दै न्यौपानेलाई फेला पारी मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएपछि नेपालगञ्जबाटै बर्दिया मधुवन–६ बस्ने यमबहादुर घर्तीको भे ४ प ४०२० नं.को २२० सिसीको पल्सर मोटरसाइकल, प्रीतम गुरुङको लु४०प ९८५१ नं.को २२० सिसीको पल्सर मोटरसाइकल, नेपालगञ्ज–११ विपी चोक बस्ने मोहम्मद रजा जसगढको २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय बाँकेमा परेको थियो । 

ती उजुरीका विषयमा प्रहरीले न्यौपानेलाई सोधपुछ गर्दा घटनामा विमलप्रसाद न्यौपाने र अर्जुन शाहीको समेत संलग्नता रहेको र अन्य मोटरसाइकल दैलेख, सुर्खेत र कैलालीलगायतका जिल्लामा बिक्री गर्नको लागि लुकाइ छिपाइ राखेको खुलेको थियो । प्रहरीले सक्रियता बढाई अन्य चोरी गर्ने व्यक्तिको पहिचान गरी मोटरसाइकलको खोजतलास गर्ने क्रममा ती मोटरसाइकल सुर्खेत, कैलाली र दैलेखबाट नम्बरप्लेट बदली गरी लुकाइ छिपाइ राखेको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *