रनबीर सिंहले श्रीमतीको पूर्व प्रेमीलाई अंगालो हाल्नुको कारण यस्तो छ

 

चैत ७ ।  रणवीर सिंहले एकपछि अर्को हिट दिइरहेका छन् । उनले गत वर्ष रिलिज भएको पद्मावत र सिम्बासाथै यसै वर्ष फेब्रुअरीमा रिलिज भएको फिल्म गली बोयजस्तो ब्याक टु ब्याक सुपरहिट फिल्मसँग स्टारडम हासिल गर्न सफल भएका छन् । 

उनको पछिल्लो फिल्म गली बोयले पनि संसारभरी २३५ करोड भारुको व्यापार गर्न सफल भएको छ । यस्तै, पद्मावतले संसारभरी ५०० करोड भारु कमाई गरेको छ । हालै मुम्बईमा आयोजित जी सिने अवार्डमा पनि रणवीरको जलवा देख्न पाइयो । उनले यो अवार्डमा बेस्ट एक्टरको भ्यूअर्स चोइस अवार्ड जिते । यो अवार्डको एउटा भिडियो निकै चर्चित भइरहेको छ । 

null

भिडियोमा रणवीर सिंह, रणबीर कपुर, आलिया भट्ट र दीपिका पादुकोण सँगै बसिरहेको देख्न सकिन्छ । रणबीरले अवार्ड जितेलगत्तै दीपिकालाई चुम्बन र रणबीरलाई निकै कसिलो अँगालो हान्छन् । साथै, उनले आलियालाई पनि अँगालो हाले । 

स्मरण रहोस्, यो अवार्ड शोको क्रममा रणबीर र आलियाले पहिलो पटक स्टेजमा आफ्नो प्रस्तुती पनि दिएका थिए । यी दुई फिल्म ब्रम्हास्त्रमा सँगै काम गरिरहेका छन् । उनीहरुसँग अमिताभ बच्चन पनि देखिनेछन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *