आँचलले पललाई घरज्वाईं बस भनेपछि… (भिडियोसहित)
२०७५ फागुन ४ गते

फागुन ३, काठमाडौँ । नायिका आँचल शर्मा र पल शाहको ‘घरबार’ गीतको भिडियो सार्वजनिक भएको छ ।
कृष्ण कार्की र विन्दु परियारको स्वर रहेको उक्त गीत शुक्रबार यूट्युब मार्फत् सार्वजनिक गरिएको हो । गीतमा सन्तोष सुनारको शब्द रहेको छ भने आँचल र पलको दमदार प्रस्तुति तथा नृत्य रहेको छ ।
null
मनोज बस्नेतले निर्माण गरेको यस गीतको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
अलिहेका व्यस्त नायक पल उनको नयाँ फिल्म ‘वीर विक्रम’को छायांकनमा व्यस्त छन् भने नायिका आँचल आगामी फिल्म ‘दाल भात तरकारी’को छायांकनमा व्यस्त छिन् ।
यी दुईको जोडी म्युजिक भिडियोमा धेरै नै रुचाइन्छ ।
२०७५ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित








