अन्नपूर्णको किम्रुङखोलामा बाढी

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आउँदा खोला किनारका बस्तीमा जोखिम बढेको छ ।

किम्रुङ भन्ने ठाउँमा पहिरो खस्दा खोला थुनिएर तल्लो तटीय क्षेत्रमा बाढी आएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार वडा नं ८ स्याउली बजारमा रहेका केही भौतिक संरचनामा क्षति पुगेको छ । ‘मानवीय क्षति भने भएको छैन, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न सूचीत गरेका छौँ’ उनले भने ।

खोलामा बाढी आएपछि स्थानीयवासी त्रसित बनेका छन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बाढीको घटनाबारे विवरण लिने काम भइरहेको बताए ।

स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =